इटहरी । केही दिन यता इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र नेकपा नेता तथा खानेपानी इटहरीका अध्यक्ष रामप्रसाद चौलागाईँ बीचको विवाद चर्किदैँ गएको छ ।
आईतबार मात्र उपमहानगरपालिकाले चौलागाईँको घर खाली गर्न ७ दिने अल्टिमेटम दिएको छ । आईतबार नै मेयर द्धारिकलालले फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्, निजलाई मैले कारबाही गर्न अख्तियारमा उजुरी गरेको छु, रामप्रसाद अहिले बिक्षिप्त छन् ।
चौलागाईँले यसअघि मेयर चौधरीले ४५ लाख रुपैँया मागेको र आँफूले नदिएको आरोप लगाएका थिए । तर, मेयर चौधरीले त्यसको खण्डन गर्दै भनेका छन्, मैले २ कट्ठा जग्गा ८० लाखमा बेचेर रिन तिरेको हुँ ।
Discussion about this post