Monday, November 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘पुँजीवादका कारण मान्छेहरू आफ्नै स्वभावबाट विमुख भइसके’ : डा. दिवाकर रेग्मी (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १५, २०८१
in टाकुरा विशेष, समाचार
0
‘पुँजीवादका कारण मान्छेहरू आफ्नै स्वभावबाट विमुख भइसके’ : डा. दिवाकर रेग्मी (भिडियोसहित)
141
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पछिल्लो समय पुँजीवादका कारण संस्कृति निर्माण गर्नका निम्ति समस्या भइरहेको वक्ताहरूले बताएका छन् ।

बुधबार इटहरीमा पेसागत महासंघ सुनसरीद्धारा आयोजित ‘सांस्कृतिक रूपान्तरणमा पेसाकर्मीको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै वक्ताहरूले संस्कृति निर्माण र रूपान्तरणका निम्ति पेसाकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

कार्यपत्र प्रस्तुत गर्दै डा. दिवाकर रेग्मीले समाजवाद उन्मुख संस्कृति निर्माण गर्नको लागि पेसाकर्मीको भूमिका महत्वपूर्ण हुने तर्क गरे ।

करिब एक घण्टासम्म कार्यपत्र प्रस्तुत गरेका उनले पछिल्लो समय समाज पुँजीवादउन्मुख हुँदै गइरहेको बताए ।

‘हिजो मानिस गुफामा बस्थ्यो, कन्दमुल जम्मा गथ्र्यो, परिवारमा बाँडेर खान्थ्यो, उसको संस्कृति कहाँ थियो ?,’ डा. रेग्मीले भने, ‘आज पुँजीवादले दिएका तमाम सुविधा प्रयोग गरिरहेका छौँ, पुँजीवादले ल्याइदिएका अर्थतन्त्रको क्रियाकलापमा अगाडि र सांस्कृतिक परिवर्तनलाई आत्मसाथ गरेर हिँडेका छौँ ।’

उनले संस्कृति भन्ने बित्तिकै दसैँ, तिहार, उधौली, उभौली, धान नाच वा अन्य कुनै पर्व मात्रै नरहेको बताउँदै संस्कृतिको महत्वपूर्ण पाटो भने छुटिरहेको बताए । नेपाली समुदायभित्र संस्कृतिको बहस हुँदा हिजोको संस्कृति र आजको संस्कृतिभित्र ब्यूरोक्रेसीको रोल के हो ? भन्नेबारे बहस हुन आवश्यक रहेको उनको भनाइ छ ।

‘हामीले शैक्षिक संस्कृति, स्वास्थ्य संस्कृतिबारे कुरै गरेका छैनौँ, खासमा श्रम भनेको भौतिक उत्पादन मात्रै होइन । हामी सामाजिक भएर हेर्ने हो भने हामी मानव भइसकेपछि हाम्रो मानवप्रतिको अर्को जिम्मेवारी पनि होला, त्यो बाट बहस हुन आवश्यक छ,’ उनले भने, ‘हामीलाई पुँजीवादले त्यो सिकाएको छैन, हामी आफैँ जस्तो हुन सकेनौँ ।’

उनले पछिल्लो समय मानिसहरू साथी र परिवारबाट टाढिदैँ गएको र मेसिनजस्तो बनिरहेको तर्क गरे । यो हुनुमा चिन्तन प्रणाली वा नैतिक शिक्षाको अभावले नभइ प्रतिस्पर्धाका कारण र पुँजीवादका कारण मान्छेको स्वभावबाट मान्छेहरू विमुख भइसकेको उनले सुनाए ।

‘संस्कृति परिवर्तन हुन्छ, त्यो हामीलाई मास्र्कवादले सिकाएको छ । तर, हामीहरू जहिल्यै पनि शासक वर्गको पृष्ठपोषण मात्रै गर्नाले परिवर्तन भइरहेको छैन । संस्कृति परम्परागत नै हुनुपर्छ भन्ने भाष्य अझै पनि छ । परिवर्तन गर्न खोज्यो भने पुरानाहरूको आङ नै सिरिङ्ग हुन्छ,’ उनले थपे ।

खासगरी मानिसले जीवनयापन गर्ने शिक्षामा एक्लै हिँडेर कहीँ पुगिदैँन भन्ने भाष्य विकास भइरहेपनि पुँजीवादी शिक्षाका कारण ‘तँ एक्लै हिँडिनस् भने कहीँ पनि पुग्दैनस्’ भनेर सिकाइराखिएको उनले उदाहरण दिए ।

‘आफैँले श्रम गरेको संस्थामा आफ्नै स्वामित्व हुँदैन, हामी त्यो अवस्थामा पुगिसक्यौँ । हाम्रा हाकिम साबले तलका कर्मचारीलाई पेल्ने दृष्टिकोण पनि हामीले देखिरहेका छौँ । यो पनि संस्कृति रूपान्तरणका लागि चुनौती हो,’ रेग्मी भन्छन्, ‘तलको काम गर्ने र हाकिमको वर्गबीच पनि भिन्नता छ । त्यसले जस्तो खालको संस्कृति निर्माण गरिरहेको छ, त्यही खालको संस्कृति निर्माण भइरहेको छ ।’

उनले सांस्कृतिक रूपान्तरणका निम्ति सामूहिकताको विकास जरूरी रहेको सुनाए । पेसाकर्मीको लागि आफ्नो पेसा नै संस्कृति रहेकोसमेत उनको भनाइ छ ।

‘सामूहिक लक्ष्य नै संस्कृतिको रूपमा विकास हुन आवश्यक छ । व्यक्तिगत इच्छा त सबैको हुन्छ,’ उनले भने ।

भिडियो

Tags: टाकुरा विशेषदिवाकर रेग्मीसंस्कृति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा
FEATURE BREAKING

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

by मनाेज अधिकारी
कार्तिक १५, २०८३
0

इटहरी : नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले आगामी कात्तिक १८ गते बुधबार इटहरीमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ...

पहिलो खेलमै आयोजक गाईघाट पराजित
खेलकुद

पहिलो खेलमै आयोजक गाईघाट पराजित

by माधव पोख्रेल
कार्तिक १५, २०८३
0

उदयपुर : उदयपुरको गाईघाटस्थित थरुहट खेलमैदानमा शनिबारदेखि सुरु भएको प्रथम त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमै आयोजक गाईघाट...

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

उदयपुरमा सडक दुर्घटनाकाे दर बढ्दै : असाेजमा ६ जनाको मृत्यु, ९१ घाइते

कार्तिक १५, २०८३
पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

कार्तिक १५, २०८३
फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

कार्तिक १५, २०८३
धान फल्ने खेतमा फूलखेती

धान फल्ने खेतमा फूलखेती

कार्तिक १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

कार्तिक १५, २०८३
पहिलो खेलमै आयोजक गाईघाट पराजित

पहिलो खेलमै आयोजक गाईघाट पराजित

कार्तिक १५, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

उदयपुरमा सडक दुर्घटनाकाे दर बढ्दै : असाेजमा ६ जनाको मृत्यु, ९१ घाइते

कार्तिक १५, २०८३
पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

कार्तिक १५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    844 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    371 shares
    Share 148 Tweet 93
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.