Saturday, August 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जब प्रकाश राईले सम्झिए ‘हेडमास्टरले विभेद गरेको’ कुरा… (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १५, २०८१
in टाकुरा विशेष, समाचार
0
जब प्रकाश राईले सम्झिए ‘हेडमास्टरले विभेद गरेको’ कुरा… (भिडियोसहित)
131
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पछिल्लो समय पुँजीवादका कारण संस्कृति निर्माण गर्नका निम्ति समस्या भइरहेको वक्ताहरूले बताएका छन् ।

बुधबार इटहरीमा पेसागत महासंघ सुनसरीद्धारा आयोजित ‘सांस्कृतिक रूपान्तरणमा पेसाकर्मीको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै वक्ताहरूले संस्कृति निर्माण र रूपान्तरणका निम्ति पेसाकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

कार्यक्रमका वक्ता, एकीकृत सरकारी कर्मचारी संगठनका महासचिव प्रकाश राईले एड्भोकेसी हुनु र एकेडेमिक हुनुको भिन्नताबारे प्रष्ट्याए ।

‘हामी विद्धता आर्जन गर्ने नाममा ठूल्ठूलो स्वरमा चिच्याएर बेठिकलाई पनि ठिक भन्दिनुपर्ने अवस्थामा छौँ,’ राईले भने, ‘बुद्धिजीवी पनि पार्टीको भइदिनुपर्ने ? अथवा, अहिले त जातिको पनि भइदिनुपर्ने ? अझै बढी क्षेत्रको पनि भइदिनुपर्ने ? हाम्रो संस्कृति कतातिर जाँदैछ ?’

उनले एड्भोकेसी र एकेडेमीमा आकाश पातलको फरक रहेको सुनाए । खासगरी एकेडेमीले दूधको दूध र पानीको पानी छुट्याउने भएपनि एड्भोकेसीमा भने ‘ज्यानै मारेपनि होइन’ भन्ने बहस गर्नुपर्ने अवस्था रहेको बताए ।

पछिल्लो समय आधुनिकताको नाममा राईहरूको मगनीमा छानेको रक्सीको सट्टा कोकाकोलाबो बोतल राखेपछि हुने अवस्था आउनु नै संस्कृतिप्रतिको चुनौती रहेको उनको तर्क छ ।

‘आर्थिक, राजनीतिक र सांस्कृतिक आयामबाट मानिसको संगठित जिन्दगानी चलिरहेको हुन्छ । संस्कृतिलाई अलग्गै राखेर बुझ्ने कोसिस गर्यौँ भने ठाउँमा पुगिदैँन,’ उनी भन्छन्, ‘हामीले अहिले बाँचिरहेको मूल आधार भनेको पुँजीवादी समाज हो । यो समाजमा पनि नयाँ न्यूट्रेसन देखा परिरहेको छ । यसलाई भत्काउन निर्ममतासाथ प्रहार हुन जरूरी छ ।’

नेपाली समाज राजनीतिक दलमा विभाजित भइरहेको उनको भनाइ छ । खासगरी पुँजीवादीकरणको लामो इतिहास भएकाले पुँजीवादले एकअर्कालाई दाँज्ने काम मात्रै गर्ने र स्रोत साधनमा मानिसलाई कब्जामा राख्ने राईले तर्क गरे ।

‘म स्कुल पढ्दा एउटा सम्झना आउँछ । हाम्रो हेडमास्टरले एउटा प्रश्न गर्नुहुन्थ्यो–सबैको पेट छामेर तैँले के खाएर आइस् ? उसको छोरी पनि हामीसँगै पढ्थिन् । उनी हेडसरको छोरी भएको कारण राम्रो, मीठो, मसिनो खाने भइहाल्यो,’ उनले विगतको एक उदाहरण सम्झदैँ भने, ‘हामी कोदोको झोल र च्याङ्ख्ला खानेलाई स्कुल जानै लाज हुन्थ्यो ।सबै प्रश्नको उत्तर दिन सकिएला, हेड मास्टरको उत्तर दिन सकिन्थेन ।’

उनले त्यसताका हेड मास्टरले कक्षामा नपढाउने तर प्रश्न मात्रै सोध्ने गर्दा उनकै छोरीको गौरव बढाउनुबाहेक अरू केही नरहेकोसमेत बताए । ‘यो पुँजीवादी समाजले विभेदलाई संस्थागत ग¥यो । यो श्रृङ्खलाबद्ध रूपमा अगाडि बढ्यो । यसलाई प्रहार गर्न जरूरी छ,’ उनले थपे ।

अहिलेको नेपाली समाज कर्पोरेट संस्कृतिमा केन्द्रीत भएको उनी बताउँछन् । ‘अब हामीलाई खोलाको माछा होइन, प्याकिङ गरेको माछा चाहियो । यो च्यालेन्जमा अल्पसंख्यकहरूले सामना गर्नको निम्ति नयाँ जुक्ति र बहस अगाडि बढाउन आवश्यक छ,’ उनले भने ।
देशमा परिवर्तन भएको सबैभन्दा ठूलो कारण भनेको ग्लोबल चेन्ज र सांस्कृतिक रूपान्तरण नै रहेको उनको तर्क छ ।

‘हामीले झुपडीको व्यथा एकाङ्की नाटक गाउँको सबैभन्दा धनी, सबैभन्दा राम्रो घर, सबैभन्दा धेरै धान फलाउनेकोमा लगेर देखायौँ । अनि झुपडीको कथा समाधान हुन्छ ? जो सँग धन छ, ऊ समाजको प्रतिष्ठित र समाजसेवी भयो । त्यसलाई हाम्रो संस्कृतिले स्वीकार ग¥यो,’ उनले भने, ‘त्यतिबेलैदेखि पुँजीवादी संस्कृतिको विकास भयो ।’

उनले नेपालमा कम्युनिस्ट पार्टी सामन्तको विरुद्धमा गीत गाउने तर त्यही सामन्तको घरमा गएर देउसी खेल्ने प्रथाबाट माथि उठ्न नसकेकोसमेत उल्लेख गरे ।

‘हामीले समाजमा धनी वर्ग छानेर, धेर पैसा दिने घर छानेर देउसी खेल्यौँ । त्यो पुँजीवादीको विषयमा अझै गीत गाउने चलन छ । यो विरोधाभासबाट उठ्न आवश्यक छ,’ राई भन्छन् ‘खासमा भन्ने हो भने कुनै पेसामा कोही एक तह माथि हुनेबित्तिकै तलब, सुविधा बढी भइहाल्नुपर्ने ? हामीले हड्डी खायौँ भने माथिल्लो तहले मासु नै खानुपर्ने ?’

समाजमा अल्पसंख्यक मानिसहरू र पुँजीवादी मानिसबीच समानता हुनुपर्नेमा उनले जोड दिए ।

भिडियो

Tags: टाकुरा विशेषप्रकाश राईसंस्कृति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

विराटनगर : मोरङको कटहरी गाउँपालिका–३ मा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरी–३ राजवंशी...

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो
समाचार

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

by रासस
साउन १६, २०८३
0

झापा : भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ ।...

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३
मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

साउन १५, २०८३
सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

साउन १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

साउन १६, २०८३
निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

साउन १६, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.