टाकुरा न्युज
Sunday, June 22, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जब प्रकाश राईले सम्झिए ‘हेडमास्टरले विभेद गरेको’ कुरा… (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : कार्तिक १५, २०८१
0
जब प्रकाश राईले सम्झिए ‘हेडमास्टरले विभेद गरेको’ कुरा… (भिडियोसहित)
101
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पछिल्लो समय पुँजीवादका कारण संस्कृति निर्माण गर्नका निम्ति समस्या भइरहेको वक्ताहरूले बताएका छन् ।

बुधबार इटहरीमा पेसागत महासंघ सुनसरीद्धारा आयोजित ‘सांस्कृतिक रूपान्तरणमा पेसाकर्मीको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै वक्ताहरूले संस्कृति निर्माण र रूपान्तरणका निम्ति पेसाकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

कार्यक्रमका वक्ता, एकीकृत सरकारी कर्मचारी संगठनका महासचिव प्रकाश राईले एड्भोकेसी हुनु र एकेडेमिक हुनुको भिन्नताबारे प्रष्ट्याए ।

‘हामी विद्धता आर्जन गर्ने नाममा ठूल्ठूलो स्वरमा चिच्याएर बेठिकलाई पनि ठिक भन्दिनुपर्ने अवस्थामा छौँ,’ राईले भने, ‘बुद्धिजीवी पनि पार्टीको भइदिनुपर्ने ? अथवा, अहिले त जातिको पनि भइदिनुपर्ने ? अझै बढी क्षेत्रको पनि भइदिनुपर्ने ? हाम्रो संस्कृति कतातिर जाँदैछ ?’

उनले एड्भोकेसी र एकेडेमीमा आकाश पातलको फरक रहेको सुनाए । खासगरी एकेडेमीले दूधको दूध र पानीको पानी छुट्याउने भएपनि एड्भोकेसीमा भने ‘ज्यानै मारेपनि होइन’ भन्ने बहस गर्नुपर्ने अवस्था रहेको बताए ।

पछिल्लो समय आधुनिकताको नाममा राईहरूको मगनीमा छानेको रक्सीको सट्टा कोकाकोलाबो बोतल राखेपछि हुने अवस्था आउनु नै संस्कृतिप्रतिको चुनौती रहेको उनको तर्क छ ।

‘आर्थिक, राजनीतिक र सांस्कृतिक आयामबाट मानिसको संगठित जिन्दगानी चलिरहेको हुन्छ । संस्कृतिलाई अलग्गै राखेर बुझ्ने कोसिस गर्यौँ भने ठाउँमा पुगिदैँन,’ उनी भन्छन्, ‘हामीले अहिले बाँचिरहेको मूल आधार भनेको पुँजीवादी समाज हो । यो समाजमा पनि नयाँ न्यूट्रेसन देखा परिरहेको छ । यसलाई भत्काउन निर्ममतासाथ प्रहार हुन जरूरी छ ।’

नेपाली समाज राजनीतिक दलमा विभाजित भइरहेको उनको भनाइ छ । खासगरी पुँजीवादीकरणको लामो इतिहास भएकाले पुँजीवादले एकअर्कालाई दाँज्ने काम मात्रै गर्ने र स्रोत साधनमा मानिसलाई कब्जामा राख्ने राईले तर्क गरे ।

‘म स्कुल पढ्दा एउटा सम्झना आउँछ । हाम्रो हेडमास्टरले एउटा प्रश्न गर्नुहुन्थ्यो–सबैको पेट छामेर तैँले के खाएर आइस् ? उसको छोरी पनि हामीसँगै पढ्थिन् । उनी हेडसरको छोरी भएको कारण राम्रो, मीठो, मसिनो खाने भइहाल्यो,’ उनले विगतको एक उदाहरण सम्झदैँ भने, ‘हामी कोदोको झोल र च्याङ्ख्ला खानेलाई स्कुल जानै लाज हुन्थ्यो ।सबै प्रश्नको उत्तर दिन सकिएला, हेड मास्टरको उत्तर दिन सकिन्थेन ।’

उनले त्यसताका हेड मास्टरले कक्षामा नपढाउने तर प्रश्न मात्रै सोध्ने गर्दा उनकै छोरीको गौरव बढाउनुबाहेक अरू केही नरहेकोसमेत बताए । ‘यो पुँजीवादी समाजले विभेदलाई संस्थागत ग¥यो । यो श्रृङ्खलाबद्ध रूपमा अगाडि बढ्यो । यसलाई प्रहार गर्न जरूरी छ,’ उनले थपे ।

अहिलेको नेपाली समाज कर्पोरेट संस्कृतिमा केन्द्रीत भएको उनी बताउँछन् । ‘अब हामीलाई खोलाको माछा होइन, प्याकिङ गरेको माछा चाहियो । यो च्यालेन्जमा अल्पसंख्यकहरूले सामना गर्नको निम्ति नयाँ जुक्ति र बहस अगाडि बढाउन आवश्यक छ,’ उनले भने ।
देशमा परिवर्तन भएको सबैभन्दा ठूलो कारण भनेको ग्लोबल चेन्ज र सांस्कृतिक रूपान्तरण नै रहेको उनको तर्क छ ।

‘हामीले झुपडीको व्यथा एकाङ्की नाटक गाउँको सबैभन्दा धनी, सबैभन्दा राम्रो घर, सबैभन्दा धेरै धान फलाउनेकोमा लगेर देखायौँ । अनि झुपडीको कथा समाधान हुन्छ ? जो सँग धन छ, ऊ समाजको प्रतिष्ठित र समाजसेवी भयो । त्यसलाई हाम्रो संस्कृतिले स्वीकार ग¥यो,’ उनले भने, ‘त्यतिबेलैदेखि पुँजीवादी संस्कृतिको विकास भयो ।’

उनले नेपालमा कम्युनिस्ट पार्टी सामन्तको विरुद्धमा गीत गाउने तर त्यही सामन्तको घरमा गएर देउसी खेल्ने प्रथाबाट माथि उठ्न नसकेकोसमेत उल्लेख गरे ।

‘हामीले समाजमा धनी वर्ग छानेर, धेर पैसा दिने घर छानेर देउसी खेल्यौँ । त्यो पुँजीवादीको विषयमा अझै गीत गाउने चलन छ । यो विरोधाभासबाट उठ्न आवश्यक छ,’ राई भन्छन् ‘खासमा भन्ने हो भने कुनै पेसामा कोही एक तह माथि हुनेबित्तिकै तलब, सुविधा बढी भइहाल्नुपर्ने ? हामीले हड्डी खायौँ भने माथिल्लो तहले मासु नै खानुपर्ने ?’

समाजमा अल्पसंख्यक मानिसहरू र पुँजीवादी मानिसबीच समानता हुनुपर्नेमा उनले जोड दिए ।

भिडियो

Tags: टाकुरा विशेषप्रकाश राईसंस्कृति

Related Posts

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’
FEATURE BREAKING

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ८, २०८२
0

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवादका कारण आइतबार बोलाइएको कार्यपालिका बैठक १५ मिनेटमै...

उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन
समाचार

उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ८, २०८२
0

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार ८, २०८२
हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

प्रकाशित मिति : असार ८, २०८२
तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

प्रकाशित मिति : असार ८, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

इलाममा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवक–युवतीको मृत्यु

प्रकाशित मिति : असार ८, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’

प्रकाशित मिति : असार ८, २०८२
उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन

उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन

प्रकाशित मिति : असार ८, २०८२
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार ८, २०८२
हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

प्रकाशित मिति : असार ८, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3902 shares
    Share 1561 Tweet 976
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1098 shares
    Share 439 Tweet 275
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    895 shares
    Share 358 Tweet 224
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    757 shares
    Share 303 Tweet 189
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana