विराटनगर : विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले विभिन्न स्थानबाट टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको छ ।
विद्यार्थीलाई विज्ञान र प्रविधिका साथै खगोल तथा अन्तरीक्ष विज्ञानमा चासो बढाउने उद्देश्यले समितिले टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको हो ।
महानगर परिसरमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललेसमेत टेलिस्कोपमार्फत सूर्यको अवलोकन गरेका थिए ।
महानगरपालिका परिसर, पुष्पलाल चोक, नहर चोक, जामा मस्जिद रानी, ट्राफिक चोक, बालउद्यान पार्कलगायतका स्थानमा अवलोकनको व्यवस्था मिलाएको समितिका अध्यक्ष प्रविण विश्वासले जानकारी दिए ।
चक्कामा खगोल विज्ञान नाम दिएको उक्त कार्यक्रमपछि समितिकोसमेत प्रचार हुने र विद्यार्थीहरूमा खगोल विज्ञानप्रति रुचि बढ्ने अध्यक्ष विश्वासले बताए ।
Discussion about this post