इटहरी : कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी पक्राउ परेको सूचना प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ।
कार्यवाहक प्रदेशसभा सचिव गौतमराज अमात्यले सोमबार (आज)सूचना टाँस गर्दै कोशीका प्रदेशसभा सदस्य अधिकारी पक्राउ परेको जानकारी दिएका हुन् ।
सूचनामा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट प्रदेशसभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख छ।
सूचनामा भनिएको छ, ‘जिल्ला प्रहरी कार्यालय (अपराध अनुसन्धान तथा कारबाही शाखा) मोरङको च.नं. ५३९६ मिति २०८१/०७/२५ को पत्रानुसार उपत्यका अपराध अनुसन्धान कार्यालयको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी महेश पाण्डेसमेत भएको लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०८१/०७/२५ गते पक्राउ अनुमति जारी भएका कोशी प्रदेशसभाका माननीय सदस्य लिलाबल्लभ अधिकारीसमेतलाई पक्राउ गरी थप अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराइएको जानकारी प्राप्त भएकाले प्रदेशसभा नियमावली, २०७४ को नियम १९० को उपनियम (२) बमोजिम माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशन गरिएको छ ।’
अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइएको जानकारी प्राप्त भएको पनि सूचनामा उल्लेख छ। जापानमा मानव तस्करी गरेको आरोप अधिकारीमाथि छ।
उनलाई काठमाडौँ जिल्ला अदालतले दुई दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति पनि दिएको छ।













Discussion about this post