कोरोना भाइरसको संक्रमण तिव ्रबढेको भन्दै उदयपुरका तीन नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका सबै क्षेत्रहरुमा विहिबार राति देखि लागु हुने गरि १२ दिनसम्म निषेधाज्ञा जारी गरिएको हो ।
गएको बुधबार जिल्लास्थित मालपोत कार्यालयका ६ कर्मचारीसहित १५ जनामा संक्रमण देखिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय उदयपुरले भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।
निषेधाज्ञाको समयमा एम्बुलेन्स, शववाहन, पेट्रोलियम पदार्थका गाडी, सुरक्षा तथा स्वास्थ्यकर्मी बाहेक अन्य निजी सार्वजानिक तथा मालबाहक गाडी सञ्चालनमा रोक लगाएको छ ।














Discussion about this post