इटहरीमा एक पुरुष पैनीमा मृत अवस्थामा भेटिएका छन् । इटहरी ७ बसपार्क पछाडि घर भएका ८९ बर्षीय बुढोमणी भट्टराई मृत अवस्थामा भेटिएको इटहरी प्रहरीले जनाएको छ ।
घरबाट घाँस काट्न गएको तर पैनीमा उनी मृत भेटिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post