इलाम : इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु भएको छ ।
इलामको सूूर्योदय ९ पान्दाममा घर छेउको रुखको हाँगा काट्ने क्रममा अरिँगालले टोकेर स्थानीय ५० वर्षीय शुक्रराज राईको मृत्यु भएको हो ।
गत कात्तिक २६ गते १५–२० वटा अरिँगालले राईलाई टोकेको थिए ।
अरिँगालको टोकाइले सुन्निएको शरीर नघटेपछि राईलाई केही दिनअघि मात्रै झापाको मनमोहन सामुदायिक अस्पताल लगिएको थियो ।
त्यहाँ पनि उपचार हुुन नसकेपछि विराटनगरस्थित विराट नर्सिङहोम पुर्याएकोमा गएराति राईको मृत्यु भएको हो ।
Discussion about this post