Tuesday, June 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा लैंगिक हिंसाविरूद्धको अभियानमा यस्ता छन् कार्यक्रम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ८, २०८१
in समाचार
0
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार
70
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।

महानगरले सोमबार बिहान ७ बजे विभिन्न संघसंस्थाको समेत सहभागितामा ¥याली आयोजना गर्ने भएको छ । महानगर परिसरबाट सुरु हुने ¥यालीले नगरका विभिन्न भागको परिक्रमापछि महेन्द्रचोकमा पुगेर समापन हुनेछ ।

महेन्द्रचोकमा कोणसभासमेत आयोजना गरिने महानगरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु लोहनीले जानकारी दिइन् । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, कार्यपालिका सदस्यहरु, विभिन्न महाशाखा र शाखा प्रमुखहरू, कर्मचारी, प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता कार्यक्रम आयोजना हुनेछ ।

यसैबीच, १६ दिने अभियानअन्तर्गत मंसिर २५ गतेसम्म विभिन्न कार्यक्रम हुनेछ ।

मंसिर ९ देखि २५ गतेसम्म बी एफएममा लैंगिक हिंसाविरुद्धको जिंगल बजाइने, विराटनगर नर्सिङ कलेजको संयोजनमा वक्तृत्वकला प्रतियोगिता, लैंगिक हिंसा र बालबालिका हिंसासम्बन्धी विराटनगरका मावि तहका विद्यालयहरूमा ६ सय ५० विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

यसैगरी पाँच विद्यालयका बालबालिकाहरुलाई वक्तृत्वकला गर्ने, विद्यालयमा लैंगिक हिंसासम्बन्धी अभिमुखीकरण गर्ने, लैंगिक हिंसाविरुद्ध समुदायमा अन्तरक्रिया बालविवाहविरुद्ध सचेतना गर्ने कार्यक्रम पनि तय भएको छ ।

त्यस्तै, विभिन्न संघसंस्थाको संयोजनमा सचेतना कार्यक्रम, घरदैलो, लैंगिक हिंसासम्बन्धी समुदायमा अभिमुखीकरण कार्यक्रम, अन्तरक्रिया, आमा समूहसँग अन्तरक्रिया, घरेलु हिंसासम्बन्धी ऐनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल, समुदायमा गठन भएका दलित महिला समूहमा जोडीसहितको उपस्थितिमा अन्तरक्रिया, विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुको सहभागितामा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा दलित महिला विषयमा संवाद कार्यक्रम आयोजना गरिनेछ ।

यस्तै, जनपथ माविमा वक्तृत्वकला प्रतियोगिता, लैंगिक हिंसा प्रभावित महिलाहरुलाई मनोपरामर्श सेवालगायतका कार्यक्रम गरिनेछ ।

१६ दिने अभियानमा विराटनगर महानगरपालिका, माइती नेपाल, आफन्त नेपाल, साना हात, सामुदायिक प्रहरी, डब्लूएचआरडी, डब्लूओआरईसी, साझा सवालका लागि साझा मञ्च, पूर्वाञ्चल बाल सेवा आश्रम, फोकस नेपाल, ओसीएमसी, कोशी अस्पताल, एबीसी नेपाल, एकल महिला, दलित महिला संघलगायतका संघसंस्थाले हरेक दिन संयोजन गर्नेछन् ।

Tags: #विराटनगरलैंगिक हिंसाविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण
समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। साथै उनले उद्यमी–व्यवसायीहरूलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
समाचार

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : मोरङको उर्लाबारीस्थित प्रहरी हिरासतबाट फरार भएकी एक युवतीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ विशालटोल...

मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३
कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

जेष्ठ १८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

इलाममा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

जेष्ठ १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

जेष्ठ १८, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

जेष्ठ १८, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1499 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    901 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.