ओखलढुंगा : ओखलढुंगाको मोलुङ–५ मा एमालेका गंगा तामाङ निर्वाचित भएका छन् ।
मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार तामाङले ३९९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तेस्रो भएका छन् ।
रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले १ सय ५१ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले २३ मत ल्याएका छन् ।
यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो ।














Discussion about this post