इटहरी : नेकपा (एमाले) कोशी प्रदेशको प्रमुख सचेतकमा विदुर कुमार लिङ्थेप नियुक्त भएका छन् ।
उनलाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलको विधान, २०७७ को दफा ८ बमोजिम उनलाई प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।
लिङ्थेप यसअघि संखुवासभाको मादी नगरपालिकाका मेयर थिए ।
प्रमुख सचेतक रेवतीरमण भण्डारी सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि रिक्त रहेको पदमा मुख्यमन्त्री कार्कीले उनलाई नियुक्त गरेका हुन् ।















Discussion about this post