झापा को देवी पञ्चकन्या प्लटिङ नजिकै छिमेकीको बन्दै गरेको घरको गेटले किचेर आज एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारका आठ वर्षीया छोरी एन्जल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको गेटले किच्दा सुनुवारकी छोरीहरु ११ वर्षीया एलुन र आठ वर्षीया एन्जला सुनुवार शुक्रबार गम्भीर घाइते भएका थिए ।
उनिहरु दुवैलाई विर्तामोडस्थित विर्तासिटी अस्पतालमा पुय्राइएको थियो ।
अस्पतालले उपचारकै क्रममा एन्जलको मृत्यु भइसकेको र एलुनको उपचार चलिरहेको प्रवक्ता थापाले बताए । उनका भने यस विषयमा थप अनुसन्धान भइरहेको छ ।















Discussion about this post