धरान : धरानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
धरान ३ स्थित कैलाश पथमा जानकी ज्वेलर्सका सन्चालक अमृत रसाईलीले श्रीमती सम्झनाको हत्या गरेका हुन् ।
खुकुरी प्रहार गरेपछि अमृत आफैं प्रहरीमा गएको प्रहरीको भनाइ छ ।
आपसी पारिवारिक कलहले उक्त घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post