दमक : झापाको दमकमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् ।
दमक नगरपालिका १० मा तीनजना सवार प्रदेश १(०१(०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
गएराति १० बजेतिर भएको दुर्घटनामा गौरादह नगरपालिका ५ की ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया ओम कुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएका उनीहरूको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका ८ का २७ वर्षीय विराज थापा घाइते भएका छन् । थापाको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post