धरान : धरानमा एक सय ९० केजी गाँजा बरामद भएको छ ।
धरान उपमहानगरपालिका १३ शिवधारास्थित भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरेर ल्याउँदै गरेको गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानले बरामद गरेको हो ।
घटनामा चालक तत्काल फरार छन् ।
सोही कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाइलकमा सवार दुई जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको छ ।
बरामद गाँजा, कार, मोटरसाइकल र व्यक्तिलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको बताइएको छ ।
केही दिनअघि धरानबाटै दुईवटा स्कारपिओबाट गाँजा बरामद भएको थियो ।














Discussion about this post