इटहरी ५ मा रहेको ढप्कीदेवी टोलविकास संस्थाको बैठकले यहाँका २७ बर्षीय कोरोना संक्रमितलाई घरमै बस्ने सहमति गरेको छ ।
यसअघि संक्रमण भएर निको भइसकेका उनलाई गाउँलेले घरमा पनि बस्न नदिएको समाचार बाहिरिएको थियो ।
इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको उपस्थितिमा टोल विकास संस्थाका पदाधिकारी र स्थानीय वुद्धिजिविहरुको वैठकले सो निर्णय गरेको हो ।
हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना जितेर फर्किन लाग्दा स्थानीयले घरमा बस्न अबरोध गरेको पीडितले गुनासो गरेका थिए ।















Discussion about this post