सुनसरीले जिल्ला भित्र लागु हुने गरि थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न र केहि सहज बनाउन निषेधित क्षेत्र घोषणा गरिएको छ ।
प्रशासन कार्यालयले यस अघि पनि ५ दिन र ६ दिन गरी दुई पटक निषेधित क्षेत्र घोषणा गरेको थियो । पछिल्लो पटक थपिएको समय आज राती १२ बजे सकिदैं छ ।
भने प्रशासन कार्यालयको आज बसेको बैठकले थप ७ दिन थप्ने निर्णय गरेको हो ।
जिल्ला भित्रका दुहबी, इटहरी, इनरुवा, बराहक्षेत्र, धरान लगायत बजारमा कोरोनाको संक्रमण अत्यधिक मात्रामा बढ्दै गएपछि साउन ३२ गते राति १२ बजे देखि लागू हुने गरी भदौं ७ गते राती १२ बजे सम्म निषेधित्र क्षेत्र घोषणा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलका अनुसार निषेधित समयभर सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्याबश्यक सेवाका कर्मचारीले कार्यालयको काममा जान पाउने बताए ।
कर्मचारीले कार्यालयको कुनै पनि काम गर्न पाउने तर सेवाग्राहीको प्रत्यक्ष सम्लग्न रहेर काम नहुने प्रजिअ पोखरेलको भनाइ छ ।
यसैगरि सरकारी नम्बर प्लेटका सवारी साधन, अत्याबश्यक सेवाका सवारी खाध्यान्न औषधि, ढुवानीका साधन बाहेक अन्य सबै सवारीसाधनहरुको आवागमन बन्द गर्ने कार्यालयले जनाएको छ ।
यस्तै सबै स्वास्थ्य मापडण्ड पुरा गरेर उध्योगहरु संञ्चालन गर्न पाउने छन् ।















Discussion about this post