Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विराटनगर महानगरद्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण सुरू

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ९, २०८१
in विविध, समाचार
0
विराटनगर महानगरद्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण सुरू
92
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको परीक्षण औपचारिक रूपमा सुरू गरेको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, विराटनगर–१५ का अध्यक्ष प्रकाश साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतको उपस्थितिमा क्यान्सरको जाँच सुरू गरिएको हो ।

करुणा फाउण्डेशनसँगको सहकार्यमा विराटनगर–१५ स्थित रानी अस्पतालबाट सुरू गरिएको पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर १९ वटै वडामा सञ्चालन गरिने मेयर कोइरालाले बताए ।

शिविरबाहेक महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाबाट नियमित परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको मेयर कोइरालाले प्रस्ट्याए ।

पाठेघरको मुखको क्यान्सरका कारण महिलाहरूले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर महानगरले व्यापक रुपमा पाठेघरको मुखको क्यान्सरको जाँच सुरू गरेको उनको भनाइ थियो ।

यसबाट समयमै पाठेघरको क्यान्सरको पहिचान भई उपचार गर्दा क्यान्सर निको हुनुका साथै मृत्युदरमा समेत कमी आउने उनले उल्लेख गरे । विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको मेयर कोइरालाले बताए ।

महानगरको स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादवका अनुसार पाठेघरको मुखको क्यान्सरको जाँच १९ वटै वडामा नियमित हुनेछ । त्यसका लागि महानगरले ४२ जना स्वास्थ्यकर्मीहरूलाई ‘भीआईए’ परीक्षणसम्बन्धी तालिम दिइसकेको छ ।

त्यस्तै, पाँच जनालाई विशेष तालिम दिइएको महानगरको स्वास्थ्य महाशाखा अधिकृत रमेश कार्कीले जानकारी दिए ।

तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले महानगरअन्तर्गतका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरूबाट नियमित जाँच गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

३० देखि ६० वर्ष उमेर समूहका करिब ८० प्रतिशत महिलाहरूको जाँच गर्ने लक्ष्य राखिएको छ ।

शिविरमा नोवेल अस्पतालका दुईजना स्त्रीरोग विशेषज्ञसहित रानी अस्पतालका चिकित्सक र तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले पाठेघरको मुखको क्यान्सरको जाँच गरेका थिए ।

मंगलबार ५८ जनाले परीक्षण गरेको नर्सिङ अधिकृत मीना अधिकारीले जानकारी दिइन् । परीक्षण गरेका ५८ जनामा कुनै समस्या नदेखिएको अधिकारीले बताइन् ।

यसैबीच, रानी अस्पतालमा आयोजित कार्यक्रममा पाठेघरको मुखको क्यान्सरको उपचारका लागि करुणा फाउण्डेसनले महानगरलाई दुई थान ‘थर्मोकगुलेसन’ मेसिन हस्तान्तरण गरेको छ ।

फाउण्डेसनका कार्यकारी निर्देशक योगेन्द्र गिरीले महानगरका मेयर कोइराला र उपमेयर कार्कीलाई ‘थर्मोकगुलेसन’ मेसिन हस्तान्तरण गरेका थिए । उक्त मेसिन एउटा रानी र अर्को बैजनाथपुर अस्पतालमा राखिनेछ ।

फाउण्डेसनले महानगरलाई हस्तान्तरण गरेको सो मेसिन सोही कार्यक्रममा महानगरअन्तर्गतका सम्बन्धित अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

स्वास्थ्य महाशाखाका संयोजक डा. यादवले रानी अस्पतालका इन्चार्ज मानिकचद भगत र वैजनाथपुर अस्पतालकी नर्सिङ अधिकृत शर्मिला निरौलालाई सो मेसिन हस्तान्तरण गरे ।

परीक्षणका क्रममा क्यान्सरको भाइरसका असरहरू देखिएमा रानी र बैजनाथपुर अस्पतालबाट तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा थर्मोकगुलेसन मेसिनमार्फत उपचार गरिनेछ ।

रानी अस्पताल र बैजनापुर अस्पतालमा थर्मोकगुलेसन मेसिनबाट उपचार सम्भव नभए थप उपचारका लागि कोशी अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रेफर’ गरिनेछ ।

 

 

Tags: #विराटनगर#स्वास्थ्यपरीक्षणविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.