इटहरी : डाका मुद्दाका एक फरार प्रतिवादी इटहरीबाट पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले डाका कसुर सम्बन्धी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
डाका कसुर सम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०८०।११।२४ गतेको सजाय निर्धारण फैसला आदेशले ४ वर्ष ११ महिना एक दिन कैद र २१ हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका विराटनगर महानगरपालिका ८ का २९ वर्षीय हरकित साहलाई इटहरी उपमहानगरपालिका २ पीपल चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको प्रहरीले जनाएको छ ।














Discussion about this post