धरान : धरानमा ३७ केजी गाँजासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. १ बस्ने ४० वर्षीय कृष्ण बिसुङ्खे र उदयपुरको बेलका नगरपालिका वडा नं. ९ बस्ने २३ वर्षीय २३ वर्षीय तीर्थ दर्जी रहेका छन् ।
शुक्रबार दिउँसो धरान उपमहानगरपालिका वडा नं. ४ साराङ्ग चोकस्थित कोशी राजमार्गमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुको कमान्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको ग २ च ८११७ नम्बरको कारलाई रोकेर चेकजाँच गरिएको थियो ।
चेकजाँच गर्दा कारको डिकीभित्र लुकाईछिपाई ल्याउँदै गरेको ३७ केजी गाँजा बरामद गरिएको थियो ।
लागूऔषधसहित कार, चालक दर्जी र सोही कारमा सवार बिसुङ्खेलाई पक्राउ गरिएको हो । दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post