इटहरी २० तरहरा घर भएकी एक नर्सलाई कोरोना पुष्टि भएको छ । इटहरी २० तरहरा घर भएकी नर्स धरानको वीपी प्रतिष्ठानमा कार्यरत थिईन ।
पीसीआर रिपोर्ट अनुसार नर्सलाई कोरोना संक्रमण भएको इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उनी धरानमै रहेकी छिन् । अन्दाजी २३ बर्षीय उनी अहिले वीपी प्रतिष्ठानको आइसोलेसनमा उपचाररत रहेको उनले बताए ।















Discussion about this post