इटहरी : विराटनगरबाट स्कारपिओमा गाँजा तस्करी गर्दै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्कारपिओबाट एक सय ५५ किलो गाँजासहित दुईजनालाई विराटनगर महानगरपालिका १८ बाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार सुनसरीबाट जाँदै गरेको को १ च ९५८२ नम्बरको स्कारपिओलाई रोकेर चेकजाँच गर्न खोज्दा प्रहरीलाई छलेर भागेको थियो ।
प्रहरीले पिछा गरेर नियन्त्रणमा लिएको चिमरियाले जानकारी दिए । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. १२ का राहुल विश्वकर्मा र धनकुटाको सहिदभूमी गाउँपालिका वडा नं. ६ का १९ वर्षीय सुरज राई रहेका छन् ।
विश्वकर्मा गाडी चालक हुन् भने राई गाडीमा सवार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post