विराटनगर : विराटनगरमा ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
नयाँ भन्सार कार्यालय (आईसीपी)बाट विराटनगरतर्फ आउँदै गरेको जेएच १५ जे ७१०३ नम्बरको ट्रकमा विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–१५ का अन्दाजी १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको हो ।
घटनामा विराटनगर–१५ का अन्दाजी १६ वर्षीय आदित्य साह र विराटनगर–१४ का अन्दाजी १८ वर्षीय विकासकुमार यादव घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार मोटरसाइकलमा तीनजना सवार थिए ।
उक्त ट्रकमा भने कोइला लोड गरिएको खुलेको छ । दुर्घटनापछि ट्रक सडकको साइडमा पल्टिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post