मोरङ : मोरङमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
प्रदेश १–०२–०४५ प २४६० नम्बरको स्कुटर ‘स्टार्ट’ गर्ने क्रममा आफैं अनियन्त्रित भएर भित्तामा ठोक्किएको थियो ।
दुर्घटनामा स्कुटर चालक उर्लाबारी–५ झुम्राहाका अन्दाजी ४५ वर्षीय नरेन्द्र गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका गुरुङलाई प्रहरीले उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post