मोरङ : मोरङको सुन्दरहरैँचा ९ स्थित मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
बुधबार बेलुका करिब साढे ७ बजेतिर प्र १–०२–०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १–०२–०५१ प ७६३५ नम्बरको स्कुटर एकापसमा ठक्कर भएर दुर्घटना भएको हो ।
दुर्घटनामा सुन्दरहरैँचा नगरपलिका वडा नम्बर ९ बस्ने ३८ वर्षीया प्रमिला श्रेष्ठको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीकाअनुसार घटनामा गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा विराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । उनको टाउको र शरीरको विभिन्न भगमा गम्भीर चोट लागेको थियो ।
प्रहरीका अनुसार मोटरसाइकल चालक इटहरी बस्ने अन्दाजी ४० ४० वर्षीय नवीन सिंह ठकुरी घाइते भएका छन् ।
उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post