Saturday, May 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

धरान एक्स्पोमा कृषि र पर्यटन सम्बन्धी गोष्ठी हुने, प्रदेश मन्त्रीहरूको सहभागिता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २७, २०८१
in विविध, समाचार
0
आजदेखि ‘धरान एक्स्पो २०८१’ सुरू
90
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान एक्स्पो–२०८१ को अन्तिम दिनमा कृषि र पर्यटन सम्बन्धी विशेष गोष्ठी आयोजना गरिने भएको छ । माघ ४ गते कृषि तथा माघ ५ गते पर्यटन सम्बन्धी गोष्ठी हुने आयोजकले जनाएको छ ।

कृषि गोष्ठीमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको उपस्थिति रहनेछ भने पर्यटन सम्बन्धी गोष्ठीमा प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल सहभागी हुनेछन्।

गोष्ठीका संयोजक सन्दीप शाक्यका अनुसार यी कार्यक्रमहरूको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु, आधुनिक कृषि पद्धति र पर्यटकीय सम्भावनाबारे जनचेतना फैलाउनु हो ।

“स्थानीय व्यवसायी, कृषक, र पर्यटन व्यवसायमा लागेकाहरूका लागि यो महत्वपूर्ण प्लेटफर्म हुनेछ। गोष्ठीले नयाँ ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्छ,” शाक्यले भने।

पुष २५ गतेबाट सुरु भएको धरान एक्सपो माघ ५ गतेसम्म सञ्चालन हुनेछ। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको एक्स्पोमा एक सय ४२ वटा स्टल राखिएको छ ।

जसमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन तथा कोसी प्रदेशका १४ जिल्लाका व्यवसायीहरूको सहभागिता छ।

एक्स्पोमा स्थानीय उत्पादन र बजारीकरण, पर्यटन प्रवर्द्धन, स्वरोजगार, साहित्य, र वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न स्टल राखिएका छन् । सांस्कृतिक कार्यक्रम, प्रशिक्षण, र विविध मनोरञ्जनका गतिविधिले पनि दर्शकको ध्यान तानेका छन् ।

आयोजकले एक्स्पोबाट १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा राखेको छ । स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने यो प्रयास धरानको आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण रहेको आयोजकको विश्वास छ ।

गोष्ठीहरूका माध्यमबाट स्थानीय व्यवसाय र उद्यमशीलतालाई थप ऊर्जा मिल्ने आयोजकले आशा गरेका छन् । अर्थतन्त्रमा योगदान पुर्‍याउने यस्ता प्रयासले आर्थिक रूपमा सबल बनाउन मद्दत पुर्‍याउनेछ ।

एक्स्पोमा दिनभरी विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ भने साँझ ५ बजेपछि प्रवेश शुल्क लाग्नेछ ।

Tags: #धरानएक्स्पो
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

खोटाङ : खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र...

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति
समाचार

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

विराटनगर : नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि शनिबार अस्पताल परिसर तनावग्रस्त बनेको छ। मोरङको कानेपोखरी...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1532 shares
    Share 613 Tweet 383
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    595 shares
    Share 238 Tweet 149
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.