विराटनगर : विराटनगरमा तीव्र गतिको बसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रदेश १–०१–००१ ख ४४८३ नम्बरको बसले ठक्कर दिँदा बाटो क्रस गर्दै गरेकी महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा विराटनगर–१४ की अन्दाजी ५५ वर्षीया हक्री खातुन रहेकी छन् ।
विराटनगरको रानीबाट बसपार्कतर्फ आउँदै गरेको तीव्र गतिमा गुडिरहेको बसले आज (सोमबार) साँझ करिब ६ बजेतिर ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस र चालक विराटनगर–१७ का ४५ वर्षीय सोमराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post