तरहरा : इटहरी २० तरहरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ५ का ३१ वर्षीय विजय राई (मुकेश) रहेका छन् ।
उनी नेकपा एमाले भोजपुर हतुवागढी वडा नं. ५ का अध्यक्ष हुन् ।
मंगलबार बेलुका ७ः४० बजे इटहरी उपमहानगरपालिका वडा नं.२० हिमशिखर बोर्डिङ स्कुल नजिकै भित्री सडकखण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर सडकको दाँहिने तर्फको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
घटनामा राई गम्भीर घाइते भएका थिए । तरहरा प्रहरी चौकीबाट घटनास्थलमा खटिएर उपचारका लागि तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
तर, उपचारका लागि लगिएपनि चिकित्सकले मंगलबार राति ८ः१० बजे नै मृत घोषित गरेको डीएसपी भण्डारीले जानकारी दिए । शव बीपी प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
इटहरी २० बस्ने १९ वर्षीय अनिष बस्नेत घाइते भएका छन् । बस्नेतले आफू मोटरसाइकलमा पछाडि सवार रहेको बताउँदै आएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ।
तत्काल मोटरसाइकल चालक को हो भन्ने पहिचान नभएकाले यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
मोटरसाइकल तरहरा प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
Discussion about this post