वी पी मा कार्ययत १ जना नर्स सहित ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
संक्रमित एक जना नर्स बच्चा विभागमा कार्यरत हुन् ।
यसै गरि प्रसुति विभागको एन्टिनेटल वार्डमा उपचार गराउन आएकी २९ बर्षीय गर्भवती महिला र पाठेघर अप्रेशन गर्न आएकी ३५ बर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको छ ।
अस्पतालका अनुसार दुवै सङ्क्रमित धनुषा जिल्लाका हुन् ।
गर्भवती महिलालाई श्वास फेर्न गाह्रो भएर उपचार गर्न आएकी हुन् भने अर्की महिला पाठेघर अप्रेसन गर्न आएका थिए ।
दुवैको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा सारिएको र वार्डलाई सेनिटाइज गरिएको अस्पतालले बताएको छ ।















Discussion about this post