इटहरी : कोशी प्रदेशको हिउँदे सोमबार (आज) दिउँसो २ बजे सुरु हुँदछ ।
पाँचौं अधिवेशन अन्त्य भएको चार महिनापछि छैटौं अधिवेशन तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुन लागेको हो ।
प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकका लागि ५ वटा कार्यसूची छन् । सुरुमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्नेछन् ।
त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ पेस हुनेछ । त्यसलगत्तै सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेस हुनेछ ।
मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको सर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेवल हुनेछ ।
त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले आआफ्नो मन्तव्य राख्ने छन् ।
गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो ।
Discussion about this post