विराटनगर : झापा र उदयपुरबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको झापा गाउँपालिका २ र ५ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ११ ग्राम ६१५ मिलिग्राम ब्राउनसुगरसहित अर्जुनधारा नगरपालिका ५ का ३० वर्षीय प्रविण गिरी, कन्काई नगरपालिका ८ का २५ वर्षीय सुमन राजवंशी, पाँचथर फिदिमका १९ वर्षीया रदिमा बर्देवा र १८ वर्षीया इन्दिरा लिम्बूलाई पक्राउ गरेको छ ।
त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका ३ की २८ वर्षीया सम्झना राईलाई ५ किलो ९९० ग्राम गाँजासहित पक्राउ गरेको छ ।
पक्राउ गरेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post