टाकुरा न्युज
Friday, July 11, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा अधिकांश रात्रिकालीन व्यवसाय मापदण्ड विपरीत

अनुगमन समितिद्वारा मेयर कोइरालालाई बुझायो प्रतिवेदन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : माघ १०, २०८१
0
विराटनगरमा अधिकांश रात्रिकालीन व्यवसाय मापदण्ड विपरीत
74
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : रात्रिकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ ।

अनुमनगका क्रममा अधिकांश व्यावसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख सरोज गौतमलगायतको उपस्थतिमा मेयर कोइरालालाई समितिले प्रतिवेदन बुझाएको हो ।

रात्रिकालीन होटल, गीत–गजल, दोहोरीसाँझ र रेष्टुरेन्टले विकृति सिर्जना गर्नुका साथै ध्वनि प्रदूषण बढेको भन्दै गुनासो आएपछि महानगरले अनुगमन समिति गठन गरेको थियो । समितिले २२ वटा रात्रिकालीन होटल, गीत–गजल, दोहोरी साँझ र रेष्टुरेन्टको अनुगमन गरी प्रतिवेदन तयार पारेको हो ।

अनुगमन गरेका होटल, गीत–गजल, दोहोरीसाँझ र रेष्टुरेन्टमध्ये १२ वटाले ध्वनि प्रदूषण गरेको पाइएको छ । १० वटाले पनि ध्वनि प्रदूषण नियन्त्रणका उपायहरू अपनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार कर्मचारीलाई परिचयपत्रको व्यवस्थापन १३ वटाले नगरेको, १८ वटाले पोसाकको व्यवस्थापन नगरेको, सुरक्षा गार्डको व्यवस्थापन १७ वटाले नगरेको, आवासको व्यवस्थापन चार वटाले नगरेको, अनुगमन गरिएका सबैमा आगलागी नियन्त्रण गर्ने उपकरण नराखेको पाइएको छ ।

अनुगमन गरेका सबैमा सिसी क्यामेरा भने जडान गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार केही सिसी क्यामेरा भने मर्मत गर्नुपर्ने अवस्था देखिएको छ । व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा रहेको पनि देखिएको प्रतिवेदनमा औंल्याइएको छ ।

अनुगमन गरेका २२ रात्रिकालीन होटल व्यवसायमा तीन सय १९ जनाले प्रत्यक्ष रोजगारी पाएको मेयर कोइरालालाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

अनुगमनका क्रममा कमजोरी भेटिएका व्यवसायीलाई महानगरले सुधार गर्न पत्रसमेत पठाइसकेको छ ।

गत पुस ४ गते मेयर कोइरालाको अध्यक्षतामा बसेको व्यवसायीसहितको सरोकारवालाहरूको बैठकले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो ।

समितिमा महानगरको राजस्व शाखाका कर्मचारी बासुदेव भण्डारी, रात्रिकालीन होटल व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठ, होटल व्यवसायी बविता चौधरी, नारायण तिम्सिना सदस्य रहेका थिए ।

Tags: #अनुगमन#विराटनगररात्रीकालीनविराटनगर महानगरपालिका

Related Posts

मोरङको ग्रामथानमा आज रातिदेखि प्रवेश गर्न नपाइने
FEATURE BREAKING

ग्रामथान गाउँपालिका अध्यक्षद्वारा दुई वडाध्यक्ष गाउँसभा बैठकबाट निष्कासित

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २७, २०८२
0

इटहरी : मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले दुईजना वडाध्यक्षलाई अनुशासन उल्लंघनको आरोपमा सात दिनका लागि निष्कासित गरेका छन्। वडा...

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत
FEATURE BREAKING

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २७, २०८२
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीमा असन्तुष्टि चुलिएको छ । संघभित्रको करसम्बन्धी निर्णय प्रक्रिया र कार्यशैलीप्रति असहमति जनाउँदै ९ जना...

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

प्रकाशित मिति : असार २७, २०८२
भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

प्रकाशित मिति : असार २७, २०८२
खोटाङमा चन्दा सङ्कलन गरेर प्रहरी चौकी निर्माण

खोटाङमा चन्दा सङ्कलन गरेर प्रहरी चौकी निर्माण

प्रकाशित मिति : असार २७, २०८२
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

पर्याप्त पानी नपर्दा धान रोप्न नपाएर किसान चिन्तित

प्रकाशित मिति : असार २७, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङको ग्रामथानमा आज रातिदेखि प्रवेश गर्न नपाइने

ग्रामथान गाउँपालिका अध्यक्षद्वारा दुई वडाध्यक्ष गाउँसभा बैठकबाट निष्कासित

प्रकाशित मिति : असार २७, २०८२
उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

प्रकाशित मिति : असार २७, २०८२
तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

प्रकाशित मिति : असार २७, २०८२
भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

प्रकाशित मिति : असार २७, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1079 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    769 shares
    Share 308 Tweet 192
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    767 shares
    Share 307 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    749 shares
    Share 300 Tweet 187
  • सुनसरीमा धार्मिक विद्वेष फैलाउने भिडियो टिकटकमा पोष्ट गर्ने युवक प्रहरी नियन्त्रणमा

    575 shares
    Share 230 Tweet 144
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana