विराटनगर : कोशी विचार उत्सव फागुन १५ गतेदेखि विराटनगरमा हुने भएको छ । एक पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिइएको हो ।
आयोजक संस्था बिना फाउन्डेसनका अध्यक्ष वरुण झाका अनुसार विराटनगरको महेन्द्र चोकमा फागुन १५, १६ र १७ गते उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
यसअघि पोखरा, बुटवल, जनकपुर र राजबिराजमा विचार उत्सव आयोजना भइसकेको झाले बताए । उत्सवमा शिक्षा, स्वास्थ्य, सुशासन, व्यवसाय व्यवस्थापनलगायत नीति, संस्कृतिजस्ता विषयमा उक्त कार्यक्रम केन्द्रीत हुने उनले बताए ।
कार्यक्रम संयोजक जेनिशा सुमनका अनुसार उक्त संवादको यात्रालाई अर्थपूर्ण बनाउन आग्रह गरिन् ।
उनले भनिन्, ‘रुने डेकर्ट भन्नुहुन्छ – म सोच्छु, त्यसैले म छु। यो भनाइजस्तै विचारले संसार परिवर्तन गर्न सक्छ, त्यसैले विचार उत्सवमा सहभागी हुन आग्रह गर्दछु ।’
उनका अनुसार हरेक ठूला परिवर्तन एउटा सानो विचारबाट सुरू हुन्छ, त्यसैले युवाहरूले ठूला परिवर्तन ल्याउनसक्ने क्षमता राख्ने भएकाले विचार उत्सव आयोजना गर्न लागिएको संयोजक जेनिशा बताउँछिन् ।
युवाहरूका विचारले उनीहरूको व्यक्तिगत र सामूहिक भविष्यको दिशा निर्धारण गर्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
कोशी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधन गर्न उक्त कार्यक्रमको प्रमुख उदेश्य रहेको बताइएको छ ।
स्थानीय, प्रादेशिक र राष्ट्रिय महत्त्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवर्द्धन गर्नका निम्ति उत्सवको आयोजना गरिएको बताइएको छ ।



















Discussion about this post