मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको को २८ प २२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोरङको मिक्लाजुङ गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय फौदसिंह बिकको मृत्यु भएको हो ।
दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले बिकलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का १९ वर्षीय अजाद हुसेनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरेको छ ।













Discussion about this post