इटहरी : इटहरीमा गाँजा बोकेको गाडीले प्रहरीलाई पेलेर भगाएको छ ।
चेकजाँचमा खटिएको प्रहरीलाई पेलेर भगाएपछि पछ्याउने क्रममा प्रहरीले गाडी नियन्त्रणमा लिएको छ । उक्त गाडीमा दुई सय ३० केजी गाँजा बरामद लोड गरेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले इटहरी १७ कान्छी चोकमा चतराबाट इटहरीतर्फ आउँदै गरेको बा २ च ३४६५ नम्बरको टाटा गाडीलाई रोक्न खोज्दा चालकले प्रहरीलाई पेलेर गाडी भगाएका थिए ।
पछ्याउने क्रममा भाटभटेनी नजिकै गाडी छाडेर चालक फरार भएका थिए । गाडीलाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर चेकजाँच गर्दा गाडीभित्र प्लास्टिकमा बेरिएको ८ पोका गाँजा फेला परेको हो ।
बरामद गरिएको गाँजाको तौल गर्दा दुई सय ३० केजी १५० ग्राम भएको र फरार चालकको खोजी जारी रहेको सुनसरी प्रहरीले जनाएको छ । फरार सवारी चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post