विराटनगर : विराटनगरमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
विराटनगर १० स्थित रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७०७० नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको प्रदेश १–०२–०४६ प २३१३ नम्बरको स्कुटरलाई आज (शनिबार)दिउँसो १ः३० बजेतिर ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटर चालक मोरङको जहदा गाउँपालिकाकी अन्दाजी ४० वर्षीया फुदो राजवंशी रहेकी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका लागि कोसी अस्पताल लगिएको थियो । अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषित गरेका थिए ।
दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–४ का अन्दाजी १९ वर्षीय मोहमद सहिल मियाँ र पछाडि सवार १७ वर्षीय मोहमद जाहिर घाइते भएका छन् ।
दुवै जनाको कोसी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post