इटहरी : प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन् ।
विराटनगरमा बुधबार सम्पन्न दोश्रो प्रदेश अधिवेशनले अध्यक्षमा पुरीलाई निर्विरोध निर्वाचित गरेको हो ।
उनको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हो ।
प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन समितिका अध्यक्ष गणेश खनालका अनुसार उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भएका छन् ।
यसैगरी सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती निर्वाचित भएका छन् ।
Discussion about this post