इटहरी : सुनसरीका १२ वटा पालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा इटहरी उपमहानगरपालिका सबैभन्दा कमजोर बनेको छ ।
महत्वांकाक्षी बजेट बनाएको इटहरी उपमहानगर कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोर बनेको हो ।
कोशी प्रदेशको एकमात्र महानगरपालिका रहेको विराटनगरभन्दा धेरैको बजेट बनाएको इटहरी कार्यसम्पादन मूल्याङ्कनमा सुनसरीभरीमै सबैभन्दा कमजोर पालिका र प्रदेशमै सबैभन्दा दोस्रो कम अंक पाउने नगर बनेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार सुनसरीका १२ पालिकामध्ये इटहरीले ३९.७ प्रतिशत अंक पाएको छ । सबैभन्दा धेरै बराहक्षेत्र नगरपालिकाले ६७ प्रतिशत अंक पाएको छ ।
यस्तै, इनरुवा नगरपालिकाले ६१.४, हरिनगरले ५८, धरान उपमहानगरपालिकाले ५६.३, रामधुनी नगरपालिकाले ४९.१ अंक पाएका छन् ।
यसैगरी भोक्राहा गाउँपालिकाले ४५.९, दुहबी नगरपालिकाले ४५.४, गढी गाउँपालिकाले ४२.२, कोशी गाउँपालिकाले ४१.३, बर्जु गाउँपालिकाले ४४ र देवानगञ्ज गाउँपालिकाले ४० प्रतिशत अंक पाएका छन् ।
बराहक्षेत्रलाई सबैभन्दा धेरै अंक
सुनसरीकै कान्छो नगरपालिका रहेको बराहक्षेत्र नगरपालिकाले भने सबैभन्दा बढी अंक प्राप्त गरेको छ ।
नगरपालिकाका सूचना अधिकारी गौरी रायका अनुसार आन्तरिक आम्दानीको प्राप्ति, विभाज्य कोषमा दाखिला भएको रकम, विनियोजन अनुसारको खर्च बजेट, बेरुजु, आवधिक योजना निर्माणको अवस्था, शैक्षिक र स्वास्थ्य गतिविधि लगायत मूल्याङ्कन गरी सबैभन्दा धेरै अंक दिइएको बताए ।
Discussion about this post