धरान : धरानमा सिटी सफारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
धरान १८ मा प्र–१–०२–००३ ह ८७२९ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भएर पैदलयात्री धरान १६ का ५९ वर्षीय सुवास खड्कालाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भर्एका खड्काको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न सिटी सफारी चालक संखुवासभा घर भएर धरान ९ बस्दै आएका २१ वर्षीय किरण खड्कालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post