Thursday, April 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

रेडपाण्डा संरक्षणका लागि जैविक मार्ग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २१, २०८१
in विविध, समाचार
0
ताप्लेजुङ : ‘रेडपाण्डा’को गतिविधि बुझ्दै विद्यार्थी
92
SHARES
Share on FacebookShare on Twitter

इलाम : इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ ।

जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरू गरिएको हो ।

कृषि मन्त्रालयका नाममा रहेको उक्त आठ हजार चार सय २४ रोपनीमध्ये अधिकांश जग्गा प्रयोगबिहीन छ । सोही जमिनको सदुपयोग गरी जैविकमार्ग विकास गर्न लागिएको जनाइएको छ ।

वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक टोलीले यस विषयमा अध्ययन तथा अनुगमन समेत गरेको छ । टोलीले स्थानीय तथा सो क्षेत्रका जनप्रतिनिधिसँग छलफल समेत गरेको जनाइएको छ ।

रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कले यसअघि पनि सोही ठाउँमा आठ सय रोपनी जमिन खरिद गरिसकेको छ । उक्त जग्गामा वृक्षारोपण समेत भइसकेको जनाइएको छ ।

रेडपाण्डा संरक्षण गर्न जैविकमार्ग विस्तारमा लागि जग्गा अपुग भएपछि कृषि मन्त्रालयअन्तर्गतको उक्त जमिन वन तथा वातावरण मन्त्रालय मातहतमा ल्याएर काम अगाडि बढाउन लागिएको हो ।

उच्च पहाडी क्षेत्रमा पर्ने जौबारी, मेघमा, तुम्लिङ्गलगायतमा वृक्षारोपण गरी वन्यजन्तु आवतजावत गर्ने जैविकमार्ग बनाउन पहल थालिएको वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक एवम् प्राविधिक टोलीका संयोजक धनञ्जय लामिछानेले बताए ।

उनकाअनुसार पहिलो चरणमा जमिन उपयुक्त छ या छैन भन्ने विषयमा काम गरिनेछ ।

सो क्षेत्रमा हाल गाइपालन भइरहेको छ । चरन क्षेत्रका रूपमा रहेको जमिनलाई संरक्षण गर्न र हरियाली बनाउन काम थालिएको हो । सो क्षेत्रमा वृक्षरोपण गरी रोजगारी सृजना समेत गर्ने उद्देश्य रहेको रेडपाण्डा नेटवर्कका कार्यकारी निर्देशक आङ्फुरी शेर्पाले बताए ।

रेडपाण्डाको आहारका लागि आवश्यक  बिरुवा रोपण गरी जैविकमार्ग बनाउने काम नेटवर्कसँगको सहकार्यमा काम भइरहेको दीपज्योजी युवा क्लबका कार्यक्रम संयोजक राम रिमालले बताए।

उक्त क्षेत्र नेपाल–भारत सीमामा पर्छ । भारततर्फ घना जङ्गल भए पनि नेपालतर्फ उजाड चौर छ ।

जसका कारण वन्यजन्तु आवतजावतमा समस्या भइरहेको छ । नेपालतर्फ बोटबिरुवा लगाएर हरियाली बनाउन सकेमा नेपाल र भारत लोपोन्मुख रेडपाण्डालगायतका वन्यजन्तु आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।

भारततर्फको भू–भाग सिंह लिला नेशनल पार्क संरक्षित क्षेत्रका रूपमा छ । रेडपाण्डा इलामसहित ताप्लेजुङ, पाँचथरलगायत नेपालका १३ जिल्लामा पाइन्छ ।

Tags: #राससइलामरेडपाण्डा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
Uncategorized

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

by टाकुरा न्यूज । इटहरी
बैशाख ९, २०८३
0

सुनसरी : जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको...

समाचार

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

by रासस
बैशाख ९, २०८३
0

झापा : खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ...

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

बैशाख ९, २०८३

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1354 shares
    Share 542 Tweet 339
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    472 shares
    Share 189 Tweet 118
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.