इटहरी : सुनसरीको बराहक्षेत्रमा सिटी सफारी दुर्घटना हुँदा नौ वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका–८ की ९ वर्षीया बविता सुवेदी रहेकी छन् । घटनामा पाँच जना घाइते भएका छन्
बराहक्षेत्र नगरपालिका–५ मैनवारीमा बुधबार साँझ चक्रघट्टीतर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह १९८२ नम्बरको सफारी आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
सुनसरी प्रहरीकाअनुसार दुर्घटनामा मृतक बालिकाका बुवा ५५ वर्षीय राजन सुवेदी, सफारी चालक बराहक्षेत्र–८ का ३५ वर्षीय राजेन्द्र पौडेल, २५ वर्षीया मनिषा खतिवडा, मनिषकी छोरी एक वर्षीया आस्मी खतिवडा र मोरङको बेलबारी नगरपालिका–१ की २५ वर्षीया प्रमिला थापा घाइते भएका छन्।
उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post