विराटनगरमा घरको होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर ६ का ४५ वर्षीय पुरूष हुन् । उनी सुगर र प्रेसरका दीर्घ रोगी थिए ।
उनलाइ मंगलवार कोरोना पुष्टि भएको थियो । उनको बिहिवार निधन भएको हो ।
सङ्क्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीलाइ खबर गरिएको र काम भइरहेको वडाअध्यक्ष विजय कामताले जानकारी दिएका छन् । होम आइसोलेसनमै बसेका बेला मृत्यु भएको यो पहिलो घटना हो ।















Discussion about this post