मोरङ : मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४ वर्षीया रेश्मा खातुन रहेकी छन् ।
मोरङ प्रहरीका अनुसार आज (मंगलबार) धनपालथान– ६ को कदमा गाउँमा करिब १२ बजेबाट आगलागी भएको थियो ।
प्रहरीका अनुसार आगलागीमा परी ९ वटा घर जलेका छन् । क्षतिको विवरणबारे प्रहरीले तथ्याङ्क संकलन गरिरहेको छ ।
Discussion about this post