धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरान, सुनसरीमा कार्यरत प्रहरी हवल्दार हेमराज सुवेदीलाई फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ ।
विभागीय मूल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी हवल्दार सुवेदीले फागुन २२ गते धरान उपमहानगरपालिका २० स्थित जंगलमा चेकजाँचको क्रममा भारी बेकेका भरियाहरु शंकास्पद अवस्थामा आउँदै गरेको अवस्थामा रोक्न खोज्दा भरियाहरु भारी छोडी जंगलतर्फ भाग्ने क्रममा तीन राउण्ड हवाई फायर गरी २२५ किलोग्राम लागूऔषध गाँजासहित मानिस नियन्त्रणमा लिन सफल भएका थिए ।
साथै, धरानको विभिन्न स्थानबाट लागूऔषधसहित मानिसहरु पक्राउ गर्न सफल भएको, फरार अभियुक्त पक्राउ गर्नुका साथै शान्ति सुरक्षा तथा सु-व्यवस्था कायम गर्न भूमिका निर्वाह गरेकाले कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।












Discussion about this post