इटहरी : नेपाल आयल निगमले डिजेलको भाउ घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेटलको भाउ २ रुपैयाँले घटाउने भएको हो ।
निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो ।
यस्तै, डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो ।
सोहीअनुसार पेट्रोलको भाउ कुनै घटबढ नभएपनि डिजेल तथा मट्टितेल को भाउ घटाउने निर्णय भएको निगमले जनाएको छ ।














Discussion about this post