संखुवासभाको खाँदबारीमा आइसोलेसनका लागि राखिएको कोरोना भाइरस संक्रमित स्वास्थ्य सामाग्री चोरीको आरोपमा सोहि विद्यालयका क्याम्पस प्रमुख नै पक्राउ परेका छन् ।
जिल्ला अस्पताल खाँदबारीले दिएको किटानी जाहेरीको आधारमा हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
गत बिहीबार आइसोलेनस तोडफोड गरी करिब १५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री चोरी गरिएको थियो ।
तोडफोड र स्वास्थ्य सामग्री चोरी भएपछि जिल्ला अस्पतालले क्याम्पस प्रमुखको नै हात रहेको भन्दै उजुरी दिएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले अस्पतालको ७० पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडरलगायतका सामग्री चोरी भएको थियो ।















Discussion about this post