इटहरी : इटहरीमा बुधवारदेखि जुत्ता-चप्पल मेला हुने भएको छ ।
जुत्ता-चप्पल उत्पादक संघ नेपालको आयोजनामा मेला हुने भएको हो । इटहरीको पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा मेला हुने बताइएको छ ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र उत्पादनलाई उपभोक्तासमक्ष पुर्याउने लक्ष्यसहित मेला गर्न लागिएको आयोजकले जनाएको छ ।
विगतको अनुभवको आधारमा धेरै उपभोक्ताले मन पराएको कारण इटहरीमा पुनः मेला आयोजना गरिएको संघका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए ।
मेलामा विभिन्न नेपाली कम्पनीका जुत्ता सस्तो मूल्यमा पाइने उपाध्यायको दाबी छ । उनका अनुसार बाहिर बजारमा भन्दा आधा सस्तो मूल्यमा जुत्ता चप्पल किन्न पाइन्छ ।
यसअघि पनि इटहरीमा सम्पन्न उक्त मेला यसै वर्ष धरान, उर्लाबारीलगायतका ठाउँमा आयोजना भएको छ ।
बिहीबार औपचारिक रूपमा उद्घाटन गर्ने तयारी गरेको आयोजकले बुधवारदेखि नै कारोबार गर्ने भएको छ ।














Discussion about this post