Thursday, October 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा बम राखेको हल्ला फैलाउने दुई व्यक्ति तीन महिनापछि पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २१, २०८१
in टाकुरा विशेष, समाचार
0
इटहरीमा बम राखेको हल्ला फैलाउने दुई व्यक्ति तीन महिनापछि पक्राउ
308
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत पुस १६ गते इटहरी उपमहानगरअघि, बूढीखोला र धरानको भोटेपुल नजिकै बम राखेको भन्दै हल्ला फैलाउने दुई जनालाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ का ४७ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल र इटहरी–४ की ३६ वर्षीया लक्ष्मीदेवी थापा छन् । उक्त घटनामा संलग्नलाई प्रहरीले तीन महिनापछि पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार ९८१४३४७२९० मोबाइल नम्बरबाट म्यासेज गरी बम रहेको भन्दै प्रहरीलाई सूचना दिएका थिए ।

खोजी गर्ने क्रममा प्रहरीले तीन महिनापछि फेला पारेर नियन्त्रणमा लिएको हो ।

बम राखेर सर्वसाधारणलाई आतंक फैलाएर फरार रहेका दुवै जनालाई सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारीमा लुकिछिपी बसेको सूचनाका आधारमा पक्राउ गरिएको एसपी तिम्सिनाले जानकारी दिए ।

‘पक्राउ परेका खरेल सुनसरी प्रहरीको अभिलेखमा दोस्रोपटक पक्राउ परेका व्यक्ति हुन्,’ एसपी तिम्सिनाले भने, ‘पक्राउ परेका व्यक्ति पटकपटक जेल सजाय काटेर आएका व्यक्ति हुन् ।’

पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत सुनसरीबाट बिहीबार पाँच दिनको म्याद थप भएको छ ।

‘घटनामा संलग्नमाथि थप अनुसन्धान भइरहेको छ,’ एसपी तिम्सिना भन्छन्, ‘पक्राउ परेकाहरू यसअघि पनि जेल सजायबाट निस्किएको र सोही प्रकृतिको घटनामा संलग्न भएको पुष्टि भएको छ । यद्यपि, थप अनुसन्धान भइरहेको छ ।’

खासगरी प्रहरीले खरेललाई यसअघि पनि बिष्फोटक पदार्थकै प्रयोगमा पक्राउ गरेको थियो ।

खासगरी खरेल २०७६ वैशाख २८ गते गोरखा जनमुक्ति पार्टीको नाममा झापाको कनकाई नदी पुलमा बम राखेको आरोपमा पक्राउ परेका थिए । २ वर्ष पाँच महिना कैदपछि झापा कारागारबाट उनी छुटेका थिए ।

२०७८ माघ माघ ९ गते बिर्तामोडस्थित पश्चिम बस बिसौनी र माघ १३ गते दमकस्थित सिवान चर्चमा हिमाल सुरक्षा परिषद्को पर्चासहित प्रेसर कुकर बम राखेको घटनामा उनी पक्राउ परेका थिए ।

बम राखेर जनजीवन त्रसित पार्ने कार्यमा उनीहरुकै संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गरेको थियो ।

जेलबाट छुटे लगत्तै खरेलले विभिन्न नक्कली फेसबुक आइडी र ग्रुपको निर्माण गरेर संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र, एमसिसी खारेजको माग राख्दै प्रचार सामाग्री बनाएर आपराधिक गतिविधिमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Tags: #पक्राउअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पहेँलपुर धान
विविध

पहेँलपुर धान

by टाकुरा न्यूज । इटहरी
कार्तिक १२, २०८३
0

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९, लेखर्क क्षेत्रका स्थानीयको खेतमा पहेँलपुर भएर पाकेको धानबाली । तस्बिरः युवराज विष्ट/रासस

मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी
FEATURE BREAKING

मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

by टाकुरा न्यूज । इटहरी
कार्तिक १२, २०८३
0

इटहरी : दुर्घटनामा मृत्यु भएका व्यक्तिलाई आफ्नै छोरा ठानेर अन्त्येष्टि गरेको मोरङको लेटाङस्थित एक परिवारले बीमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको खुलेपछि...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका सामान बरामद

कार्तिक १२, २०८३
जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

कार्तिक १२, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व चुनौतीपूर्ण, क्षति न्यूनीकरणका उपाय खोजिँदै

कार्तिक १२, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा १० हजारभन्दा बढी लागूऔषधका क्याप्सुल र ट्याब्लेटसहित तीन जना पक्राउ

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहेँलपुर धान

पहेँलपुर धान

कार्तिक १२, २०८३
मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

कार्तिक १२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका सामान बरामद

कार्तिक १२, २०८३
जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

कार्तिक १२, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    337 shares
    Share 135 Tweet 84
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.