इटहरी : इटहरीमा जारी दोस्रो मेयर कप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा भोक्राहा नरसिंह गाउँपालिका र दमक नगरपालिका विजयी भएको छ ।
धरान उपमहानगरपालिका र भोक्राहाबीच भएको खेलमा भोक्राहाले धरानलाई ३१ रनले पराजित गरेको हो ।
भोक्राहाका लागि १६ ओभरको खेलमा ४ विकेटको क्षतिमा १३२ रन बनाएको छ । भोक्राहाको लागि अभिषेक शर्माले १८ बलमा ३८ रन, अफन ताहिरले १७, रोशन क्षेत्रीले १६, सागर मलिक र सिबन यादवले समान १९ रन बनाए ।
धरानका लागि बलिङतर्फ सन्यम शाह र कृष्ण यादवले समान १-१ विकेट लिए । १३३ रनको लक्ष्य पाएको धरानको तर्फबाट प्रकाश शाहले ३० रन, दानिश चौधरीले २५, अभिनाष यादवले १७ रन जोडे ।
बलिङतर्फ भोक्राहाको तर्फबाट सौगात भट्टराईले ४ विकेट लिए । दिपेन कामतले ३ विकेट, सिवान यादव र ज्ञानेन्द्र यादवले समान १-१ विकेट लिए । उक्त खेलमा भोक्राहाका सौगात भट्टराई म्यान अफ दि म्याच घोषित भए ।
त्यसैगरी दोस्रो खेल दमक नगरपालिका र इटहरी उपमहानगरपालिका निलो टिमबीच प्रतिस्पर्धा भएको थियो । दमकले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
उक्त खेलमा दमकले २ रनले इटहरी उपमहानगरलाई पराजित गरेको छ । दमकले ८ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । दमकको तर्फबाट सन्तोष सिंहले ४४ बल मा ३९ रन जोडे ।
भूपाल दङ्गालले १२, दिव्यम अधिकारीले र आरज्ञ सुनुवारले समान १३ रन बनाए । बलिङमा इटहरीका कविराज घिमिरेले ५ विकेट लिए भने बलराम मण्डल, रिजन पान्डे, आदित्य चौधरीले समान १-१ विकेट लिए ।
१२६ रनको लक्ष्य पाएको इटहरीका तर्फबाट रिजन पाण्डेले ३० बलमा ३९ रन बनाएपनि आफ्नो टिमलाई जितमा परिणत गराउन सकेनन् ।
इटहरीको तर्फबाट उमेश शाहले २०, कविराज घिमिरेले २०, आकाश सराफले ११ रन बनाए । बलिङतर्फ दमकका लागि भूपाल दङ्गाल र प्रदीप पाठकले समान २-२ विकेट लिए ।
छविलाल खड्का र दिव्यम अधिकारीले समान १(१ विकेट लिए । उक्त खेलमा इटहरीका कविराज घिमिरे म्यान अफ दि म्याच घोषित भएका थिए ।
१८ वटा टिम सहभागी भएको प्रतियोगिताको विजेता टिमले नगद एक लाख र उपविजेता टिमले नगद ५० हजार प्राप्त गर्नेछ ।
Discussion about this post