इटहरी : दोस्रो इटहरी मेयर कप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेल इटहरी उपमहानगरपालिका हरियो र पथरी नगरपालिकाबीच भएको छ ।
खेलमा पथरीले १३१ को टार्गेट दिएको थियो ।
पथरीको तर्फबाट सागर कट्वालले ३० रन, एन्जल राई र सुभाष राईले समान ३२–३२ रन र अनिष लुइँटेलले ११ रन जोडे । बलिङतर्फ इटहरी हरियोको तर्फबाट विधान गोस्वामीले ३ विकेट क्रिज शर्मा र मुकुन्द यादवले समान १–१ विकेट लिएका थिए ।
त्यस्तै, १३२ रनको लक्ष्य पाएको इटहरीले ११७ रन बनाउँदै अलआउट भयो । पथरीले १४ रनले इटहरीलाई पराजित गरेको छ ।
इटहरीको तर्फबाट भरत कार्कीले ४२ रन, विधान गोस्वामीले २६ रन, क्रिज शर्मा र मुकुन्द यादवले समान १०–१० रन बनाए । बलिङतर्फ पथरीका अश्विन महतले ३ विकेट, कमल सुनुवार राईले २ र सागर कट्वाल, दिपेश भन्डारी, अभिषेक बिकले समान १–१ विकेट लिए ।
खेलको म्यान अफ दि म्याच पथरीका सागर कट्वाल भए।
दोस्रो खेल विराटनगर महानगरपालिका र बिर्तामोड नगरपालिकाबीच भएको थियो । विराटनगरले टस जितेर ब्याटिङ रोजेको थियो ।
विराटनगरका लागि मिनष थापाले ४८ रन बनाए । अटल शाहले ३७ रन कमलदेव चौधरीले २७ रन, दिपेश कँडेलले ११ रन बनाएर १५८ रन बनायो ।
बलिङतर्फ बिर्तामोडका आशिष रानामगरले ३ विकेट, आयुष न्यौपाने र सिद्धार्थ कुमालले समान २–२ विकेट लिए । यसैगरी समीर कार्कीले १ विकेट लिएका थिए ।
१५९ को लक्ष्य पछ्याउने क्रममा सबै विकेट गुमाउँदै १४३ रन बनायो । योसँगै विराटनगरले बिर्तामोडलाई १५ रनले पराजित गरेको छ ।
बिर्तामोडका तर्फबाट भूपेश गौतमले १९ बलमा ४३ रन, रूपक बरालले २५, समीर कार्कीले १९, सुरज न्यौपानेले १८, दिपु भुजेलले १३ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।
बलिङतर्फ विराटनगरका अमर यादवले ४ विकेट, दिपेश कँडेलले ३ विकेट, सर्बन किस्कुले १ विकेट लिएका थिए ।
दोस्रो खेलमा अमर यादव म्यान अफ दि म्याच घोषित भए । १८ वटा टिम सहभागी भएको प्रतियोगिताको विजेता टिमले नगद एक लाख र उपविजेता टिमले नगद ५० हजार प्राप्त गर्नेछ ।
Discussion about this post